ad ad

समाज


बुटवलमा ‘कपडा बैंक’ सञ्चालन हुने

बुटवलमा ‘कपडा बैंक’ सञ्चालन हुने

नेपालखबर
माघ २५, २०८० बिहिबार २१:५५, काठमाडौँ

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ।

बुटवल उपमहानगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालबीच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो।

क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए।

बुटवल नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन गरि आवश्यकताका आधारमा वितरण गरिने छ।

अहिलेसम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएको अभियानकर्ता कमल जिसीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .