ad ad

समाज


सूर्यदर्शन सहकारीका सञ्चालक भट्टराई काठमाडौंमा पक्राउ, लगियो पोखरा

सूर्यदर्शन सहकारीका सञ्चालक भट्टराई काठमाडौंमा पक्राउ, लगियो पोखरा

नेपालखबर
माघ २५, २०८० बिहिबार २२:७, काठमाडौँ

कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि फरार रहेका सुनसरीको इनरुवा नगरपालिका ५ का ३० वर्षीय प्रमोद भट्टराईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

३० वर्षीय भट्टराईलाई बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलबारीबाट पक्राउ गरेर कास्की लगिएको छ।

सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएपछि सञ्चालक जीबी भन्ने गितेन्द्रबाबु राईसहित फरार छन्। उनीहरुविरुद्ध प्रहरीले इन्टरपोलको सहयोगमा विदेशमा समेत खोजीकार्य गरिरहेको छ।

पक्राउ परेका कुमार रम्तेल, शिवबहादुर गुरूङ भोटेलगायतलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .