समाज


पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा

पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा

नेपालखबर
माघ २४, २०८० बुधबार २२:१५, काठमाडौँ

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ।

बुधबार बेलुका काठमाडौंको शंखमूलस्थित घरमा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।

जीबी राई जोडिएका सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको आशंकामा प्रहरीले छापा मारेको प्रहरीका उच्च अधिकारीले बताए।

प्रहरीले जोशीको घरबाट चारवटा सफ्टवेयर बरामद गरेको छ।

पूर्वडीआईजी जोशी जीबी राईका व्यावसायिक साझेदार हुन्।

जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालय थियो। उक्त कार्यालयबाट प्रहरीले सर्भर लगायतका प्रमाण बरामद गरेको हो।

बरामद भएका सर्भर पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित भएको प्रहरीको आश‌ंका छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारी ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad