कारोबार


अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो (हेर्नुहोस् सूची)

अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो (हेर्नुहोस् सूची)

नेपालखबर
माघ २५, २०८० बिहिबार ५:२३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा थियो। 

त्यसैगरी आज युरोको मूल्य बढेको छ। आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा थियो। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३२ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १० पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४५ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad