ad ad

समाज


पुटिनसँग भेट्न अगाडि कोरोना भाइरसको परीक्षण हुने

पुटिनसँग भेट्न अगाडि कोरोना भाइरसको परीक्षण हुने

नेपालखबर
माघ २६, २०७६ आइतबार ११:२३,

रुसको राष्ट्रपतिलाई कोरोनाबाट बचाउन यस्तो उपाय अपनाएको राष्ट्पतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोबले यस कदमलाई ऐतिहासिक बताएका छन्। रुसले चीनको कोरोना भाइरसबाट बच्न चीनसँगको हवाई सन्जाल हालका लागि स्थागित गरेको छ।

त्यस्तै चीनमा रहेका आफ्ना नागरिकलाई चीनबाट निकालेर साइबेरियाको स्वास्थ्य केन्द्रमा राखेको छ।

सीएएनका अनुसार हालसम्म रुसमा कोरोनाबाट संक्रमितको संख्या दुई पुगेको छ। यस्तै रुसका सन्चालमाध्यमहरुले चीनमा कोरोना भाइरस अमेरिकाले फैलाएको भन्ने अफवाहहरु फैल्याएको खबरहरु पनि सार्वजनिक भएका छन्।

आइतबासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ। शनिबार मात्र चीनमा ८९ जनाको मृत्यु भएको थियो।

कोरोनाको संक्रमण ३७ हजार भन्दा बढीमा देखिएको छ। संक्रमित धेरै भएकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ।

कोरोनाको संक्रमण २५ भन्दा बढी देशमा फैलिसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .