ad ad

राजनीति


चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न आयोगको निर्देशन

चीनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न आयोगको निर्देशन

नेपालखबर
माघ २६, २०७६ आइतबार ११:३३,

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका १८५ जना नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।

‘नोबेल कोरोना भाइरस’ को संक्रमणबाट सन्त्रस्त जीवन रक्षाको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको भन्दै आयोगले उनीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिएको हो।

यस्तै, आयोगले उक्त प्रान्तमा रहेको सबै नेपाली नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूले गरेको काम कारबाहीको सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय पनि गरेको छ।

‘चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू नोबेल कोरोना भाइरसको कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेका छन्’ आयोगले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .