ad ad

समाज


काभ्रेमा दुई यात्रुबस ठोक्किँदा पाँचजना घाइते

काभ्रेमा दुई यात्रुबस ठोक्किँदा पाँचजना घाइते

नेपालखबर
माघ १८, २०८० बिहिबार २०:३७, काठमाडौँ

काभ्रेको बनेपा नगरपालिका १४ भैंसेपाटीमा दुई बस आपसमा ठोक्किँदा पाँचजना घाइते भएका छन्।

पनौतिबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ख ६६६९ न.को बसले बिपरित दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटी यात्रुहरुको उद्धार गरेको थियो।

घाइतेलाई उपचारका लागि सिरमेमोरीयल अस्पताल पठाएको छ भने बस र बस चालक ईप्रका बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुमा बा प्र–०१–००६ ख २९९७ नंको बसमा सवार काभ्रेको पाँचखाल नगरपालिका ६ बस्ने वर्ष २४ की नबिना दनुवारको बाँया हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।

यस्तै, बा.२ ख ६६६९ न.को बसमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–३ बस्ने वर्ष ३६ की वाङ्जु लामा, उनकी छोरी वर्ष ११ की फुर्सङ लामा रछोरा वर्ष ९ को समर्पण लामा उपचारपछि डिस्चार्ज भएका छन्।

अर्का घाइते काभ्रेको नमोबुद्ध नगरपालिका ५ बस्ने अन्दाजी वर्ष २० की करुणा भुजेलको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .