समाज


ट्राफिक नियम नमान्ने २० हजार सवारीचालक कारबाहीमा

ट्राफिक नियम नमान्ने २० हजार सवारीचालक कारबाहीमा

नेपालखबर
माघ २६, २०७६ आइतबार ७:४९,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको जनाएको छ। महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउनयता २० हजार ४ सय ३३ जना सवारी चालकहरुलाई कारबाही गरेको जनाएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढाका खुल्ला राख्ने, एकतफी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लायतका सवारीचालकहरुलाई कारबाही गरिएको बताए। उनले पुस १ गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रमअन्तर्गत ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतनालगायतका विषयमा शिक्षा दिएको समेत बताए।

traffic police

उनले ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत ४५ हजार १ सय ४७ जना पैदलयात्री, १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारीचालकलाई सचेतना गराइएको बताए। यसबाहेक ६ महिनामा दुई चरणमा ९ सय जना स्वयंसेवक परिचालन गरिएको, यात्रुमैत्री अभियान सुरु गरिएको, ट्राफिक जाम कम गर्न विभिन्न प्रयास गरिएको तथा सडक पूर्वाधार सुधारका लागि तयार पारिएको ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनाको कार्यान्वयनमा जोड दिइएको महाशाखा प्रमुख ढकालले जानकारी दिए।

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिइएको र ९ वर्षदेखि बिग्रिएर रहेका १७ स्थानका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याइएको ढकालले बताउनुभयो । साउन यता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको जानकारी दिए। महाशाखाले आइतबार पनि चोरी भएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिममा लगाएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad