राजनीति


सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा जलवायु परिवर्तनको नकारात्मक असर : उपप्रधानमन्त्री पोखरेल

सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा जलवायु परिवर्तनको नकारात्मक असर : उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
माघ २६, २०७६ आइतबार ७:५९,

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताएका हुन्। ‘जलवायु परिवर्तनको सिधा असर वनस्पती, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको छ’, उनले भने, ‘खाध्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाइ सराइ गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको छ ।’

उनले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेन्डा भएको बताए। जलवायु परिवर्तन हुनुमा विकसित राष्ट्रहरुको भूमिका बढी भए पनि त्यसको सबैभन्दा बढी असर नेपाल लगायतका मुलुकहरुमा परेको उनको भनाइ थियो। उनले हरित गृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लन पुगेको र यो क्रम बढ्दो रहेकाले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मुख्य एजेन्डा बनाइएको बताए। उनले नेपालले पनि वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोज्नका लागि सगरमाथा संवाद स्थापना गरिएको बताए। उनले अन्तर निकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोंच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पु¥याउने विश्वास समेत गए। उनले जलवायु परिवर्तन न्युनीकरणमा नेपाललको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताए।

मन्त्री ज्ञवालीले आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको समेत बताए। उनले सगरमाथा संवादमा विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियान्ताहरु सहभागी हुने बताए। सगरमाथा संवाद प्रत्येक २÷२ वर्षमा आयोजना गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad