राष्ट्रपति विद्यादेवी भण्डारी पुर्नर्निमाणका क्षेत्रमा भइरहेका कामहरुबाट उत्साहित भएको पुर्नर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशिल ज्ञवालीले बताएका छन्।
शनिबार काठमाडौंमा जारी प्रमुख पुर्नर्निमाण स्थलहरुको स्थलगत अवलोकनका क्रममा राष्ट्रपति भण्डारीबाट सो धारणा अभिव्यक्त भएको हो।
‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी, दरबार हाइस्कूल, धरहरा र काष्ठमण्डप पुनर्निर्माणको अवलोकन गर्नुभयो। राष्ट्रपतिले पुनर्निर्माणका कामहरुबाट आफू उत्साहित भएको बताउनुभयो,’ ज्ञवालीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
पछिल्लो समयमा पुनर्निर्माणसम्बन्धी कामले गति लिइरहेका बेला राष्ट्रपति भण्डारीले काठमाडौंमा जारी रहेका पुनर्निर्माणसम्बन्धी प्रमुख स्थलहरुको भ्रमण गरेकी हुन्।
राष्ट्रपतिले काठमाडौंका पुनर्निर्माण स्थल अवलाेकन गर्दाका दृष्यहरु:



Shares

प्रतिक्रिया