राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित संचार माध्यमले शनिबार दिएको जानकारी अनुसार देशको धेरै रकमका परियोजनाहरुलाई हेर्ने गरी बेर्डमुखाले छोरालाई मन्त्री बनाएका हुन्।
राज्यले प्रकाशन गर्ने गरेको पत्रिका नेचुरल तुर्कमेनिस्तानले ३८ वर्षीय सेर्डर बेर्डीमुखामेडोभलाई मन्त्रीका रुपमा नियुक्त गरिएको सम्बन्धी पत्र पनि प्रकाशित गरेको छ।
उद्योग तथा निर्माण मन्त्रीले हवाई, स्थल र जल यातायातसँगै सञ्चार लगायतको क्षेत्र पनि हेर्ने जनाइएको छ।
राष्ट्रपति पुत्र बेर्डीमुखामेडेभलाई राष्ट्रपतिले आफ्को शसक्त उत्तराधिकारीको रुपमा तयार पार्दै लगेका छन्। उनले तुर्कमेनिस्तानमा विपक्षी, स्वतन्त्र संवैधानिक निकाय र प्रेस स्वतन्त्रता नभएकोे राजनीतिक प्रणाली चलाएका छन्। रासस/एएफपी

प्रतिक्रिया