नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिले एसएसपीको रिक्त एक दरबन्दीमा बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए।
एसएसपी मोहन पोखरेल अनिवार्य अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेतलाई बढुवा सिफारिस गरिएको हो।
बस्नेत हाल विपद् व्यवस्थापन केन्द्र सामाखुसीमा कार्यरत छन्।
777
Shares

प्रतिक्रिया