हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भारतको अयोध्यामा रामको मूर्ति परिक्रमा तथा प्राण प्रतिष्ठापनाको अवसरमा आगामी सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले नगरबासीहरूमा एक अपील जारी गर्दै उक्त नगरक्षेत्रका विभिन्न मठ मन्दिर तथा चोकका दीपावली तथा धार्मिक र्याली गर्न भनेकी छन्।
उक्त दिनमा यस लुम्बिनी सांस्कृतिक नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा स्थानीय बिदा दिइएको पनि हरिजनले बताएकी छन्।
हरिजनले लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रभित्र खुला रुपमा जीवजन्तु, पशुपंक्षी आदिको बध नगर्न, माछा, मासु तथा मदिरा बिक्री वितरण नगर्न नगराउन पनि भनेकी छन्।

33
Shares

प्रतिक्रिया