आगामी माघ ८ गते सोमबार पर्साको वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना गरिने भएको छ।
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसार वीरगन्जको घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय गरिएको हो।
उक्त दिन वीरगन्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको बिक्री वितरण लगायत काममा वीरगन्ज महानगरपालिकाले निषेध गरेको छ।
वीरगन्ज महानगरपका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बुधबार एक सूचना निकालेर आगामी सोमबारका दिन भगवान् रामको मू्र्ति स्थापन गरिने भएकाले निषेध गरिएका काम कसैबाट नगर्न भनेका छन्।
उनले सूचनाको अटेर गरी निषेधित कार्य गरेको पाइएमा नियमानुसार कारबाही गरिने पनि जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया