समाज


दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नेपालखबर
पुस २५, २०८० बुधबार १७:३२, काठमाडौँ

शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसन (युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) को रूपमा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

त्यहाँ कार्यत वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाको कार्यकाल सम्पन्न भएकोले उक्त गणको बदलामा अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फाका २१२ जना शान्ति सैनिकहरू आज (पुस २५ गते) सेनानी लाल बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान मार्फत काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

गणपति प्रमुख सेनानी महेश्‍वर सिल्वालको नेतृत्वमा रहेको सो गणका ६३८ जना शान्ति सैनिकहरु यस अगावै मिसन इलाकामा तैनाथ भई सकेका छन्।

यस्तै, सो मिसनमा कार्यकाल पुरा गरेको श्री वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाका २२२ जना शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी राजन दाहलको नेतृत्वमा पुस २४ गते स्वदेश फर्किएका छन्।

हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर १, सैनिक पर्यवेक्षक १३, स्टाफ अधिकृत ४६ र दुईवटा गण तथा एउटा गुल्ममा १६९९ गरी कुल १७५९ जना शान्ति सैनिकहरु कार्यरत छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .