समाज


एक सय ६१ जना ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो लुगा

एक सय ६१ जना ज्येष्ठ नागरिक र बालबालिकालाई न्यानो लुगा

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस २५, २०८० बुधबार १७:४०, काठमाडौँ

काठमाडौंस्थित एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको छ।

बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो। 

कालिमाटीस्थित डिभाइन पार्टी प्यालेसमा पालिजा: स्वाँ नेवा: पुच:को आयोजनामा न्यानो लुगा वितरण गरिएको हो।

फाउन्डेसनको सहयोगमा कालिमाटीमा १६१ जना बालबालिका, एकल महिला र वृद्धवद्धालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले ती न्यानो लुगा वितरण गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad