समाज


दमको उपचारमा प्रयोग हुने ‘सेरोफ्लो रोटाक्याप्स’ को नक्कली औषधि फेला, सर्वसाधारणलाई सजग रहन आग्रह

दमको उपचारमा प्रयोग हुने ‘सेरोफ्लो रोटाक्याप्स’ को नक्कली औषधि फेला, सर्वसाधारणलाई सजग रहन आग्रह

नेपालखबर
असार १०, २०८३ बुधबार १४:३८, काठमाडौँ

नेपाली बजारमा श्वासप्रश्वाससम्बन्धी समस्याहरू दम तथा सीओपीडीको उपचारमा प्रयोग हुने नक्कली औषधि बिक्रीवितरण भइरहेको फेला परेको छ। औषधि व्यवस्था विभागले भारतीय कम्पनीको ब्रान्डसँग मिल्ने गरी नक्कली औषधि बिक्रीवितरण भइरहेको जनाएको हो।

विभागले सूचना जारी गर्दै भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेडद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’ को जस्तै नक्कली औषधि बजारमा पाइएको पुष्टि गरेको छ।

नक्कली औषधि भेटिएपछि विभागले चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सजग रहन र सक्कली औषधि मात्र सिफारिस, बिक्री तथा प्रयोग गर्न आग्रह गरेको छ। विभागले 5SA0759 ब्याचको औषधि नक्कली भएको जनाएको छ।

सक्कली औषधिमा भित्रको बट्टामा एउटा मात्र लेबल हुने तर नक्कलीमा भने भित्रको बट्टाको पुरानो लेबल निकालेर पुनः अर्को लेबल टाँसिएको पाइएको सूचनामा उल्लेख छ।

बिरामीले यस्ता औषधि भेटिए तुरुन्तै प्रयोग बन्द गरी आफूले किनेको फार्मेसी वा औषधि पसललाई जानकारी गराउन, औषधि पसलहरूले तत्काल बिक्री रोकेर मौज्दात छुट्ट्याई थोक बिक्रेतालाई फिर्ता गर्ने र विभागलाई खबर गर्न भनेको छ।

यस्तै थोक बिक्रेताले बजारमा पठाइएको परिमाण फिर्ता मागेर पुनः बिक्री नहुने गरी छुट्टै भण्डारण गर्ने र विभागलाई लिखित जानकारी दिन पनि विभागले आग्रह गरेको छ।

फोक्सोको श्वास नली साँघुरो भएका बिरामीहरूलाई नियमित सास फेर्न सहज बनाउन यो औषधि प्रयोग गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad