ad ad

समाज


‘तपस्वी’ रामबहादुर बम्जन सार्वजनिक गर्दै सीआईबी

‘तपस्वी’ रामबहादुर बम्जन सार्वजनिक गर्दै सीआईबी

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८० बुधबार ११:४१, काठमाडौँ

आफ्नै अनुयायीको हत्या, अपहरण तथा बलात्कार गरेको आरोपमा मंगलबार साँझ काठमाडौँमा पक्राउ परेका तपस्वी’ रामबहादुर बम्जनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज (बुधबार) सार्वजनिक गर्दै छ। 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार अहिले दिउँसो १ बजे महाराजगन्जस्थित सीआईबीकै कार्यालयमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्न लागिएको हो।  

फरार सूचीमा रहेका बम्जनलाई प्रहरीको टोलीले मंगलबार साँझ बूढानीलकण्ठस्थित उनकै घरबाट पक्राउ गरेको हो। 

बूढानीलकण्ठको हात्तीगौँडास्थित बम्जनको घरबाट सीआईबीको टोलीले ३ करोड ३ लाखभन्दा बढी नगद पनि बरामद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .