समाज


रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

नेपालखबर
पुस १७, २०८० मंगलबार १६:४८, काठमाडौँ

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङजाका  हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ का धादिङ निवासी राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो।

राजकुमार र भरतको ३ डिसेम्बरका दिन मृत्यु भएको खबर २८ डिसेम्बरका दिन प्राप्त भएको परराष्ट्र स्रोतको भनाई छ। हरि अर्याल भने गत नोभेम्बर २९ (मंसिर १३) देखि सम्पर्क विहीन भएकोमा सोही दिन मृत्यु भएको अनुमान गरिएको छ।

स्याङ्जाको वालिङ नगरपालिका–१४, मान्खुका हरि यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रुसतिर लागेका थिए।

 यस्तै, कैलालीको टीकापुर नगरपालिका–१, नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह पूर्वप्रहरी हुन्। १० वर्ष प्रहरी सेवामा रहेका भरत प्रहरीको जागिर छाडेर तीन वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। दुबईबाट फर्किएर उनी रुसी सेनामा गएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .