ad ad

समाज


मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

नेपालखबर
माघ २२, २०७६ बुधबार १२:४,

मोरङको बुढीगंगा गाउँपालिका–४ पोटियामा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

मंगलवार राती पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुहवी–२ का ३५ वर्षीय युवराज सुतिहार र दुहवी–११ का २१ वर्षीय सुरज ऋषिदेव घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारको लागि बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा सुतिहारको मृत्यु भएको हो। अर्का घाइतेको सोही अस्पतालमा उपचार भईरहेको छ। चालक फरार रहेकोले खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .