ad ad

समाज


बालकुमारीबाट ७३ आन्दोलनकारी पक्राउ

बालकुमारीबाट ७३ आन्दोलनकारी पक्राउ

नेपालखबर
पुस १३, २०८० शुक्रबार १९:२, काठमाडौँ

ईपीएस परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै शुक्रबार भएको आन्दोलनबाट प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार विज्ञप्ति प्रकाशित गरी ७३ आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

आन्दोलनका क्रममा प्रहरीको गोली लागी अछामको चौरपाटी गाउँपालिका १ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र भागदौडका क्रममा दैलेखको महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएको प्रहरीले स्पष्ट पारेको छ।

ललितपुर महानगरपालिका–८ बालकुमारी ईपीएस कार्यालय अगाडि आन्दोलनरत परीक्षार्थीहरुले आक्रोशित भइ डिउटीमा खटिएका प्रहरीमाथि एक्कासी ढुंगा मुढा प्रहार गर्दा प्रहरी नायव उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार शुसिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएका प्रहरीको दाबी छ।

प्रहरीले भिड तितरबितर गर्न अश्रु ग्यास प्रहार गरेपछि आक्रोशित भिडले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला चढेको बा२ झ ५८६१ नम्बरको गाडी रोकी टायरको हावा फुस्काई आगजनी गरेका थिए।

भिडलाई सम्झाई बुझाई गर्दा नमानेपछि टिअर ग्यास, रबरको गोली प्रहार गर्दा पनि भिड तितरबितर नभएपछि बल प्रयोग (गोली प्रहार) गरेको प्रहरीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .