समाज


बनेपाबाट भक्तपुर गइरहेको मोटरसाइकलले पैदलयात्रीलाई हान्यो, चालकले गरेका थिए मापसे

बनेपाबाट भक्तपुर गइरहेको मोटरसाइकलले पैदलयात्रीलाई हान्यो, चालकले गरेका थिए मापसे

नेपालखबर
पुस ११, २०८० बुधबार १२:१९, काठमाडौँ

काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुरतर्फ गइरहेको मोटरसाइकलले बनेपा नगरपालिका-१ गुम्बाडाँडामा पैदलयात्रीलाई ठक्कर दिएको छ। 

भक्तपुरको सूर्यबिनायक नगरपालिका-१० बस्ने २५ वर्षीय सुशान्त खड्काले चलाएको बा.प्र.०२ (०३२.प.९४०३) नम्बरको मोटरसाइकलले त्यही स्थानमा ४० वर्षीय पैदलयात्री राजेश थापालाई मंगलबार ठक्कर दिएको हो। 

तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिएपछि पैदलयात्री थापा गम्भीर घाइते भएका छन्। ठक्करपछि मोटरसाइकलबाट उछिट्टिएका चालक खड्काको अवस्था पनि गम्भीर रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा चालक र पैदल यात्री दुवै गम्भीर घाइते भएकाले उपचारर्थ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। ,

स्वास्थ्य चेकजाँचका क्रममा मोटरसाइकल चालक खड्काले मापसे गरेको पाइएपछि थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .