समाज


बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर फेरि भूकम्प

नेपालखबर
पुस २, २०८० सोमबार ८:२९, काठमाडौँ

बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालखबरलाई  दिएकाे जानकारी अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।

बाजुरामा भूकम्प गएको एक वर्ष हुन लाग्दासमेत धेरै प्रभावितले अझै आवास बनाउन सकेका छैनन्। आज बिहान फेरि भूकम्प जाँदा अघिल्लाे भूकम्पबाट प्रभावित बनेका पीडित त्रसित बनेका छन्। 

गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको थियो। 

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ३० हजार भन्दा धेरै घर ध्वस्त भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .