ad ad

समाज


सालकको खपटा बेच्न लागेका तीन जना पेप्सीकोलाबाट पक्राउ

सालकको खपटा बेच्न लागेका तीन जना पेप्सीकोलाबाट पक्राउ

नेपालखबर
पुस १, २०८० आइतबार १६:३७, काठमाडौँ

काठमाडौंमा दुर्लभ वन्यजन्तु सालकको कपटा बेच्न लागेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाएँपालिका–१ की २० वर्षीया अमृत लामा, दोलखाको जिरी नगरपालिका–३ का २५ वर्षीय विशाल बस्नेत र सोही नगरपालिका–४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन्।

काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा दुर्लभ वन्यजन्तु सालकको खपटा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेको खुट्टाको नंग्रा सहितको सालकको खपटा/छाला जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .