ad ad

समाज


अनलाइन बाल यौन दुर्व्यवहार विरुद्धको मस्यौदा तयार, अन्तिम रुप दिन सरोकारवालासँग छलफल

अनलाइन बाल यौन दुर्व्यवहार विरुद्धको मस्यौदा तयार, अन्तिम रुप दिन सरोकारवालासँग छलफल

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १७:४५, काठमाडौँ

पछिल्लो समय इन्टरनेट मार्फत बालबालिकाहरूमा यौन दुर्व्यवहार हुने क्रम बढेर गएको छ। बालबालिकाहरु आफ्नो निर्दोषिताका कारण बारम्बार अनलाइन दुर्व्यवहारको सिकार हुने गरेको श्रमिक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सिबिस नेपालले जनाएको छ।

अनलाइन यौन दुर्व्यवहारका कारण बालबालिकामा सामाजिक, मानसिक र शारीरिक स्वास्थ्यमा समस्या देखिएको सिविसको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षण अनुसार अनलाइन यौन दुर्व्यवहारमा परेका बालबालिका लागुपदार्थ दुर्व्यसनीमा फस्ने, उनीहरुको आपसी सम्बन्धमा समस्या उत्पन्न हुने, अनिद्रा, डर, चिन्ता लिने जस्ता समस्या देखिन्छन्। कतिपयको शैक्षिक अवस्था समेत बिग्रिएको तथा कतिले आत्महत्याको योजना समेत बनाएको सर्वेक्षणले देखाएको छ।

इनिसेफका अनुसार विश्वभरका इन्टरनेट प्रयोगकर्तामा ३ जना मध्ये १ जना बालबालिका रहेका छन्। त्यसैगरी विश्व खतरा मूल्यांकन प्रतिवेदन २०२१ का अनुसार प्रत्येक दिन ६० हजार अनलाइन बालबालिका यौन दुर्व्यवहारमा पर्ने गरेका र उजुरी दर्ताको प्रकृयामा जाने गरेका छन्।

आर्थिक वर्ष २०७८/०७९ को लैङ्गीक हिंसासम्बन्धी वार्षिक तथ्यांक अनुसार नेपालमा बाल यौन दुर्व्यवहारका ३१४ उजुरी परेको देखिन्छ। जसमा कोशी प्रदेशमा ९९, मधेश प्रदेशमा १७, बागमती प्रदेशमा (उपत्यका बाहेक) ४६, गण्डकी प्रदेश ३७, लुम्बिनी प्रदेश ३७, कर्णाली प्रदेश ११, सुदूरपश्चिम प्रदेश १२ र उपत्यकामा ५५ उजुरी परेका छन्।

यसै सन्दर्भमा सिबिस नेपालले उपर्युक्त सम्बन्धमा सिविसले नागरिक समाज तथा सरोकारवालाहरूको सक्रिय संलग्नतामा गत १२ अक्टुबर, २०२३ मा गरिएको छलफल पश्चात तयार पारेको ‘मस्यौदा बालश्रम निवारण तथा अनलाइन बाल यौन दुर्व्यवहार विरुद्ध’को साझा अवधारणा माथि छलफल गरेको छ। छलफलमा सहभागीहरुले मस्यौमा छुटेका बुँदाहरु अन्तिम पुस्तिकामा समावेश गर्न सुझावका रुपमा पेश गरेका छन्।

उनीहरुले मस्यौदामा छुटेका तर अनलाइन बाल यौन दुर्व्यवहार अन्त्यका लागि चाहिने नियम बुँदागतरुपमा प्रस्तुत गरेका छन्। छलफलमा आएका बुँदा समावेश गरी आगामी साता मस्यौदालाई अन्तिम रुप दिइने सिबिस प्रतिनिधीले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .