ad ad

ग्लोबल


पुटिनको हुङ्‌कार : रुसले लक्ष्य हासिल नगर्दासम्म युक्रेनमा शान्ति सम्भव छैन

पुटिनको हुङ्‌कार : रुसले लक्ष्य हासिल नगर्दासम्म युक्रेनमा शान्ति सम्भव छैन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन


नेपालखबर
मंसिर २८, २०८० बिहिबार १७:४६, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले लक्ष्य हासिल नगर्दासम्म युक्रेनमा शान्ति नहुने चेतावनी दिएका छन्। 

रुसले फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध युद्ध सुरु गरेयता पुटिनले पहिलोपटक ठूलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रुस आफ्नो उद्देश्यमा अडिग रहेको बताएको बीबीसीले जनाएको छ। 

उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले प्रत्यक्ष टेलिफोन सम्पर्कमार्फत रुसी जनताका प्रश्न पनि लिएका थिए। त्यसमा जवाफ दिँदै पुटिनले भने, ‘जबसम्म रुसले आफ्नो लक्ष्य हासिल गर्दैन, तबसम्म युक्रेनमा शान्ति आउँदैन।’

यस क्रममा उनले युद्धका बेला रुसको अर्थतन्त्र बलियो रहेको दाबी पनि गरे। हाल युक्रेनमा ६ लाख १७ हजार रुसी सैनिक लडिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .