ad ad

समाज


सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई ८ सय थान टेन्ट उपलब्ध गराउने

सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई ८ सय थान टेन्ट उपलब्ध गराउने

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १७:२६, काठमाडौँ

सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि इयुका राजदूत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको जीवन सुरक्षाका लागि अस्थायी आवासस्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि बताए।

सो टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्याइने र स्थानीय तहको रोहवरमा वितरण गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ। टेन्टमा ३ वटा कोठा हुने र त्यसले चिसोबाट बच्नका लागि सुरक्षा प्रदान गर्ने इयुले जनाएको छ। टेन्टमा खाना पकाउनका लागि स्टोभको पनि व्यवस्था छ।

यस्तै सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको निरन्तरताको तीन सय वटा बढी अस्थायी सिकाई केन्द्रको निर्माण गर्ने कार्य अघि बढाएको बताएको छ। जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा विनाशकारी भूकम्प गए पश्चात बढ्दो चिसोका कारण हालसम्म ३ बालबाललिकासहित ३२ जनाको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .