ad ad

कला


गुरुप्रसाद मैनालीको ‘नासो’ अब नाटकमा, कहिलेदेखि हुँदैछ मञ्चन?

गुरुप्रसाद मैनालीको ‘नासो’ अब नाटकमा, कहिलेदेखि हुँदैछ मञ्चन?

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १७:३२, काठमाडौँ

पछिल्लो समय चर्चित कृतिलाई नाटकको रुपमा ल्याउने प्रवृति बढ्दो छ। यसैबीच साहित्यकार गुरुप्रसाद मैनालीको कथा ‘नासो’ नाटकको रुपमा मञ्चन हुने भएको छ। 

थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज थिएटरमा पुष ४ गतेदेखि नासोमा आधारित नाटक मञ्चन हुँदैछ। पुष ७ गतेसम्म मञ्चन हुने यस नाटकलाई दर्शकले तीनदेखि पाँचसय रुपैयाँ तिरेर हेर्नुपर्नेछ। 

गुरुप्रसादद्वारा लिखित ‘नासो’ कथा संग्रह हो। २०२६ सालमा प्रकाशित यस पुस्तकमा ११ वटा कथाहरु समावेश छन्। जसमध्ये ‘नासो’ चर्चित कथा हो। 

राम केएसीको निर्देशनमा बन्ने नाटकको धमाधम तयारी चलिरहेको छ। किरण चापागाईंको सह(निर्देशन रहेको यस नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहको कारण उत्पन्न समस्याको कथा भन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .