धादिङको गजुरीमा एक युवतीमाथि जवर्जस्ती करणी गरेर फरार युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८ बस्नेतगाउँका स्काभेटर चालक हरि कृष्ण भन्ने हेमन सिंह बस्नेत हुन्।
बस्नेतले गत जेठ १४ गते सोही गाउँपालिकाको हलेदेखोलाकी १६ वर्षे युवतीलाई राति आफ्नै घरमा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रवेश गरेर मुख थुनी जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
सोही समयदेखि फरार रही भारतको विभिन्न क्षेत्रमा लुकिछिपी बसेका थिए। हालै नेपाल आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा सोमबार प्रहरीले उनलाई पक्राउ गरेको हो।
बस्नेतलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ।
प्रतिक्रिया