ad ad

राजनीति


संसदीय समितिद्वारा ललितपुर महानगरको इजलास समिति अनुगमन

संसदीय समितिद्वारा ललितपुर महानगरको इजलास समिति अनुगमन

नेपालखबर
माघ २०, २०७६ सोमबार ९:४६,

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ।

समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो। समितिको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्दाहरु आउँछन्, चुनौतीहरु के छन्? भन्ने विषयमा बुझ्न अनुगमन गरिएको समिति सभापति तारादेवी भट्टले बताइन्। जनतासँग प्रत्यक्ष सरोकार भएका विषयहरु भएकाले इजलास, फैसला गर्ने तरिका र चुनौतीका विषयमा जानकारी लिनुपर्ने आवश्यकता भएको उनले बताइन्।

स्थानीय तहहरुमा गठन भएका न्यायीक समितिहरुबाट जनताले कस्तो सुविधा पाएका छन् भन्ने विषयको जानकारी दिन अनुमगनले सहयोग गर्ने उल्लेख गर्दै सभापति भट्टले इजलासका क्रममा आइपर्ने अफ्ठ्याराहरुका विषयमा समितिलाई जानकारी गराए समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाइन्।

क्षेत्राधिकार भन्दा बाहिरका मुद्दाहरु बढी आउने भएकाले लक्ष्य अनुसार न्याय दिन नसकिएको गुनासो न्यायीक समितिका पदाधिकारीहरुले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .