ad ad

समाज


जुम्लाको तापक्रम माइनस ५, काठमाडौँलगायत अन्य स्थानको कति? (सूची)

जुम्लाको तापक्रम माइनस ५, काठमाडौँलगायत अन्य स्थानको कति? (सूची)

फाइल तस्बिर : जुम्ला


नेपालखबर
मंसिर २६, २०८० मंगलबार ११:२६, काठमाडौँ

देशभर दिनप्रतिदिन तापक्रम घट्ने तथा चिसो बढ्ने क्रम जारी छ। 

केही ठाउँमा थोरै तलमाथिबाहेक समग्रमा देशभर न्यूनतम तथा अधिकतम तापक्रम घट्दो छ। 

न्यूनतम तापक्रम बिहान ८:४५ बजे तथा अधिकत तापक्रम साँझ ५:४५ बजे लिइन्छ। 

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आज कहाँको न्यूनतम तापक्रम कति छ भन्ने विवरण सार्वजनिक गरेको छ।

आजको अधिकतम तापक्रम लिन बाँकी रहेकाले यसको विवरण भने हिजै (सोमबार) को हो।  

हेर्नुहोस् देशभरको तापक्रम विवरण-

डडेलधुरा– न्यूनतम ३.७ अधिकतम १५.२

दिपायल (डोटी)– न्यूनतम ७.०, अधिकतम २३.६

धनगढी (कैलाली)– न्यूनतम ९.८, अधिकतम २३.८

वीरेन्द्रनगर (सुर्खेत)– न्यूनतम ७.७, अधिकतम २२.७

नेपालगन्ज (बाँके)– न्यूनतम १०.०, अधिकतम २४.२

जुम्ला– न्यूनतम -५.३, अधिकतम १५.९

घोराही (दाङ)– न्यूनतम ९.२, अधिकतम २२.०

पोखरा (कास्की)– न्यूनतम ९.३, अधिकतम २१.५

भैरहवा (रुपन्देही)– न्यूनतम १०.५, अधिकतम २५.२

सिमरा (बारा)– न्यूनतम ९.६, अधिकतम २५.१

काठमाडौँ– न्यूनतम ६.३, अधिकतम १९.०

ओखलढुंगा– न्यूनतम ६.०, अधिकतम १६.४

ताप्लेजुङ– न्यूनतम ७.२, अधिकतम १७.६

धनकुटा– न्यूनतम ९.५, अधिकतम २२.६

विराटनगर– न्यूनतम ११.४, अधिकतम २३.६

जनकपुर (धनुषा)– न्यूनतम १०.०, अधिकतम २७.०

मौसमविद्का अनुसार माथिको विवरण प्रस्तुत विवरण मौसम महाशाखाका स्टेसन भएका क्षेत्रका हुन्। यसले लगभग देशभरको तापक्रमको एउटा चित्र देखाउने मौसमविद्को दाबी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .