जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ।
आज बिहान ८:४५ बजे भूउपग्रहबाट लिइएको तस्बिर-

महाशाखाका अनुसार पश्चिम तराई (कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही,नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम) र मध्य तराई (चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा) का अधिकांश स्थानमा हुस्सु लागिरहेको छ, तर यो मध्याह्नसम्ममा क्रमिक रूपमा हट्दै जाने सम्भावना छ।
पूर्वी तराई (सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा) मा पनि यतिबेला अधिकांश स्थानमा हुस्सु लागिरहेको छ। यहाँ भने अपराह्नदेखि मात्र क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

120
Shares

प्रतिक्रिया