ad ad

समाज


मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हाने श्रीमतीलाई

मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हाने श्रीमतीलाई

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १४:३२, काठमाडौँ

मोबाइल फोनको प्रयोगलाई लिएर भएको विवादका क्रममा नुवाकोटमा एकजना युवकले श्रीमतीलाई चिर्पटले हानेका छन्। 

तादी गाउँपालिका-४ सुन्दरादेवी काउले निवासी ३० वर्षीय लक्ष्मण तामाङले मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हानेर २७ वर्षीया श्रीमती सूर्यमाया  तामाङलाई गम्भीर घाइते बनाएका हुन्। 

श्रीमतीको मोबाइलमा धेरै फोन आएको विषयमा भएको विवादले उग्र रुप लिँदा सूर्यमाया कुटिएकी हुन्। 

घटनापछि सूर्यमायालाई दुप्चेश्वर नेपाल हस्पिटल सात‌बिसेमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

चोटग्रस्त उनी हल्का बोल्न सक्ने अवस्थामा छिन्। अहिले उनलाई आफन्तहरूले उपचारमा सहयोग गरिरहेका छन्। कुटपिटमा संलग्न लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .