समाज


न्युरोडबाट करिब आठ किलो सुन बरामद

न्युरोडबाट करिब आठ किलो सुन बरामद

नेपालखबर
मंसिर २०, २०८० बुधबार १४:१३, काठमाडौँ

राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ।

उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले भने, ‘बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पुर्याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ।’

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको थियो। सो सुन कारोबारमा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल काठमाडौँ नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .