ad ad

समाज


डलर तथा नक्कली सुन देखाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

डलर तथा नक्कली सुन देखाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

नेपालखबर
मंसिर १८, २०८० सोमबार १९:२६, काठमाडौँ

विभिन्न व्यक्तिसँग नक्कली डलर तथा नक्कली सुन साट्ने बहानामा लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोलुखुम्बुको टाप्टिङग ७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ नमुनाचोक बस्ने वर्ष ४२ को टाँसी लाक्पा शेर्पा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४४ वर्षीय राजेन्द्र भण्डारी, सोही स्थानका वर्ष २४ का निर्मल भण्डारी, २५ वर्षीय सुजन तामाङ र वडा नं २ का ३२ वर्षीय कमल खड्का रहेका छन्।

उनीहरुले मंसीर ४ गते काठमाडौंको जयन्तीगाउँमा काभ्रेको रोशी गाउँपालिका–११ घर भई हाल काठमाडौं बिजेश्‍वरीमा वर्कसप सञ्चालन गर्दै आएका वर्ष ३८ को प्रेम कुमार लामालाई अमेरिकी डलर साटिदिन्छु भनि नगद रू १२ लाख ठगी गरेका थिए।

यस्तै, मंसीर ११ गते टोखास्थितमा लक्ष्मण रावलको नगद रू १० लाख र खरिबोट कपनमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ नयाँपार्टी घर भएका सुजन बराईलीलाई बिगत एक वर्ष पहिला नक्कली सुन देखाई नगद रू २० लाख ठगी गरेको प्रहरीले जनाएको छ।

ठगी गरी फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत स्वयम्भु र प्रहरी वृत बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीलेमंसी ११ गते पक्राउ गरेको हो।

थप अनुसन्धानका क्रममा सो कार्यमा संलग्न अन्य व्यक्तिलाई सोमबार (मंसीर १८ गते) बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध र प्रहरी वृत स्वयम्भु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .