समाज


दैलेखमा मदिरा खाएकी पत्नीले कसौँडीले हान्दा पतिको मृत्यु

दैलेखमा मदिरा खाएकी पत्नीले कसौँडीले हान्दा पतिको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८० सोमबार ९:७, काठमाडौँ

दैलेखमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ। 

नौमुले गाउँपालिका–४ कालिका निवासी ३८ वर्षीय भीमबहादुर योगीको पत्नीको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। 

पतिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार साँझ ३५ वर्षीया सीता योगीलाई पक्राउ गरेको छ। 

‘शानिबार राति पतिपत्नी नै मदिराले मातेपछि झगडा सुरु भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले नेपालखबरसँग भने, ‘आपसमा हानाहान गर्दा अभरमा परेर पतिको मृत्यु भएछ। पतिको कुटपिटबाट पत्नी पनि सख्त घाइते भएकी छन्।’

आपसमा कुटाकुट गर्दा पत्नीले भात पकाउने कसौँटीले टाउकोमा प्रहार गर्दा पतिको मृत्यु भएको प्रहरीले जनाएको छ। 

टाउको फुटेपछि भएको रक्तस्रावको कारण उनको मृत्यु भएको डीएसपी लम्सालले बताए। 

आइतबार योगीको शव आफ्नै ओछ्यानमा फेला परेको थियो। प्रहरीका अनुसार सीताले पतिको हत्या स्वीकारेकी छन्। 

योगी दम्पतीका दुई छोरा छन्। बाबुआमाले मदिरा खाएर दिनहुँ झगडा गर्ने भएकाले एक छोरा मावलमा बस्ने गरेका आफन्तले बताएका छन्। 

शनिबार राति आमाबुवाले झगडा सुरु गरेपछि अर्का छोरा पनि छिमेकीको घरमा गएर बास बसेको पाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad