समाज


हर्क साम्पाङसँग बेखुस प्रशासकीय अधिकृत वीरगन्ज सरुवा

हर्क साम्पाङसँग बेखुस प्रशासकीय अधिकृत वीरगन्ज सरुवा

बायाँबाट क्रशः प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र मेयर हर्क साम्पाङ।


नेपालखबर
मंसिर ११, २०८० सोमबार १४:६, काठमाडौँ

सरकारले ७१ जना सहसचिव सरुवा गरेर आइतबार सूची सार्वजनिक गरेको छ। त्यसमा एक महानगर र एक उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परेका छन्।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई आन्तरिक मामिला मन्त्रालय, कोशी पठाइएको छ।

यस्तै धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको पनि सरुवा गरिएको छ। उनको सरुवा वीरगन्ज महानगरपालिकामा गरएको हो। 

भट्टराई धरान गएको एक वर्ष पनि पुगेको थिएन। उनी गत वर्षको फागुनमा मात्र सरुवा भएर धरान गएका थिए।

उनी जाँदाजाँदै नगरप्रमुख हर्क साम्पाङ र वडाध्यक्षहरूको विवादको घानमा परेका थिए।

उनी धरान पुग्दानपुग्दै प्रमुख साम्पाङले ७ बुँदे सहमति गर्न दबाब दिए।

पत्रमा प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई ‘संघीय, प्रदेश र स्थानीय जुनसुकै सरकारको बजेटका सबै भौतिक योजना तथा सामाजिक र आर्थिक कार्यक्रम तथा अन्य सबै प्रकारका कार्यक्रम अनिवार्य रुपमा नगर प्रमुखद्वारा सदर गराएपछि मात्रै कार्यान्वयनमा लानेछु, नगरको सुशासन र विकाससग जोडिएको र सार्वजनिक विषयमा कुनै पनि निर्णय गर्दा आफूखुसी निर्णय गर्ने छैन’ लगायतका बुँदा थिए। 

नगरप्रमुख साम्पाङबाहेक अधिकांश जनप्रतिनिधि उनको कामबाट सन्तुष्ट नै थिए। 

‘उहाँको कार्यसम्पादन राम्रै थियो। अघिल्लो आर्थिक वर्षभन्दा यसपालि काम पनि ठिकै भएको थियो,’ उपमहानगरकै एक पदाधिकारीले नेपालखबरसँग भने।

तर, अर्का एक जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत भट्टराई उपमहानगर प्रमुख हर्क साम्पाङको कार्यशैलीबाट आजित रहेको बताए। उनले सरुवाका लागि मन्त्रालयमा धेरैपटक अनुरोध पनि गरेका थिए।

सरुवाको सूची सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत भट्टराई पनि मोबाइल अफ गरेर बसेका छन्।

उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले यसबारे प्रतिक्रिया दिन मानेनन् भने प्रमुख साम्पाङको मोबाइल अफ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .