ad ad

समाज


धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु


नेपालखबर
मंसिर १०, २०८० आइतबार १२:३४, काठमाडौँ

काभ्रेको धुलिखेलमा आजदेखि बागमती प्रदेशस्तरीय दुईदिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ। 

प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्तरुपमा आयोजित उक्त गोष्ठीमा दस जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता छ। 

गोष्ठीमा साइबर अपराधको विद्यमान अवस्था, अनुसन्धानका चुनौती तथा बागमती प्रदेशमा अपराधको प्रवृति र अपराधमा प्रविधिको प्रयोगलगायत विषयमा अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायबीच छलफल हुने छ। 

उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रविधिका कारण अपराधको प्रवृत्ति फरक बन्दै गएकाले उक्त चुनौतीलाई सामना गर्नसक्ने अनुसन्धानबारे वृहत छलफल हुने बताए। 

गोष्टीमा अपराध अनुसन्धानमा कानुनी अड्चनका विषयमासमेत प्रस्तुति एवं गहन छलफल हुने छ। 

मन्त्रालयका सचिव ध्रुव गैँडाले नेपाल प्रहरी नागरिकमैत्री भएका कारण प्रहरीप्रति जनताको विश्वास बढेको बताए। कार्यक्रममा प्रहरी प्रधान कार्यलय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही वर्षदेखि अपराधको प्रवृत्ति फेरिएको उल्लेख गर्दै अपराध अनुसन्धान र सुरक्षाबीचको सम्बन्धमा दरार उत्पन्न गराउन नहुनेमा जोड दिए।

‘कतिपय साइबरसम्बन्धी अपराध अनुसन्धान गर्न अन्तरदेशीय निकायको समेत सहयोगको आवश्यकता परेको छ, यसका लागि विभाग चनाखो छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका विषयमा भएका अप्ठ्यारालाई गोष्ठीमार्फत निराकरणको बाटो खुल्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .