ad ad

कला


गायक प्रमोद खरेलको ‘अर्कैको सिन्दुर लायौ’ (भिडिओ)

गायक प्रमोद खरेलको ‘अर्कैको सिन्दुर लायौ’ (भिडिओ)

नेपालखबर
मंसिर १०, २०८० आइतबार १२:४५, काठमाडौँ

मंसिरको महिना भन्नासाथ विवाहको महिना बुझिन्छ। सामान्यतया विवाह केटा र केटीको चिना टिप्पन हेरेर गरिन्छ। चिना टिप्पन मिलेमा मात्र जोडीको दाम्पत्य जीवनमा सुखी हुने धार्मिक मान्यता छ। तर चिना टिप्पन नमिल्दाको अवस्थामा के होला?

गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडिओमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ। गीतमा दीपक शर्माको शब्द र कार्कीजीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ।

भिडियोमा समीप निरौला, सिर्जना कोइराला र सुबास शाह फिचर्ड छन्। प्रेममा रहेका समीप र सिर्जनाको चिना नमिल्दा परिवारले सिर्जनाको विवाह सुबाससँग गरिदिन्छन् । तर विवाहकै भोलिपल्ट बिहान सिर्जना भागेर समीपलाई भेट्न गएको र त्यसपछिको द्वन्द्वलाई भिडियोमा देखाइएको छ । भिडियो कथात्मक शैलीमा निर्माण गरिएको छ।

वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ । समीपको यो डेब्यू भिडियो निर्देशन हो । भिडियोकी निर्माता सीता अधिकारी हुन् । भिडियो समीप निरौला युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

मोडल समीपले हालसम्म करिब ४० को हाराहारी म्यूजिक भिडियोमा अभिनय गरेका छन्। उनीसँग टेलिफिल्म र सर्ट फिल्ममा अभिनयको अनुभव पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .