समाज


बुर्किना फासोको प्रहरी चौकीमा आक्रमण गर्न पुगेका १३ जिहादी मारिए

बुर्किना फासोको प्रहरी चौकीमा आक्रमण गर्न पुगेका १३ जिहादी मारिए

नेपालखबर
माघ १८, २०७६ शनिबार ९:१६,

यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती ‘आतङ्ककारी’ मारिएका अधिकारीले जनाएका छन् ।

शुक्रबार भएको सो कारबाहीमा परी सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ।

आक्रमणकारी जिहादीले प्रयोग गरेका हातहतियार, मोटरसाइकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीको हिंसा नियन्त्रण गर्न बुर्किन फासोको प्रहरीलाई गाह्रो भएको बताइएको छ।

हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट आइएससँग पनि नजिक रहेको बताइएको छ।

यिनीहरुले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन्। रासस÷एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad