ad ad

समाज


भारतमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति दिइएको छैन : पशुपति क्षेत्र विकास कोष

भारतमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति दिइएको छैन : पशुपति क्षेत्र विकास कोष

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०८० शनिबार १२:५५, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले भारतको उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति/सहमति दिइएको भन्ने समाचार झुटो तथा भ्रामक भएको बताएको छ। 

भारतका तथा नेपालकै पनि केही पत्रपत्रिकाले भारतको उत्तराखण्ड बिपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिइएको भनी लेखेका समाचार भ्रमपूर्ण भएको भनी पशुपति क्षेत्र विकास कोषले खण्डन गरेको हो। 

‘भारतको उत्तराखण्ड बिपिन रावतका गांवमा श्री पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदको कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र पत्राचार गर्ने गराउने निर्णयसमेत नभएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै उक्त समाचारहरूका कारण तमाम हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिक जनप्रति पारिएको आघातप्रति आघातकर्ताप्रति खेद प्रकट गर्दै यस प्रकारको राष्ट्रिय अस्मितामा आघात पर्ने विषय कोषले कहिल्यै नगर्ने जानकारी गराउँदछौँ’, कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .