ad ad

समाज


आदेश चित्त नबुझेपछि पीडितले गरे रसुवा अदालतमा ढुंगामुढा

आदेश चित्त नबुझेपछि पीडितले गरे रसुवा अदालतमा ढुंगामुढा

नेपालखबर
मंसिर ९, २०८० शनिबार १३:१२, काठमाडौँ

जिल्ला अदालत रसुवामा आक्रमण भएको छ।

शुक्रबार बेलुका अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले अदालतमा ढुंगामुढा गरेका हुन्।

बेलुका सवा ६ बजेतिर अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले ढुंगामुढा गरेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ।

झडपमा ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। 

७०/८० जना भेला भएर अदालतमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास फायर गरेको थियो।

गत कात्तिक ८ गते काले भन्ने छिरिङ तामाङ भोटेकोशीमा हामफाली बेपत्ता भएको घटनामा गोसाइकुण्ड गाउँपालिका १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ लगायतलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

आदेशपछि अदालतमा भेला भएका पीडित र आफन्तले अदालतको गेटमा ढुंगामुढा सुरु गरेको प्रहरीको दाबी छ।

आन्दोलनकारीको ढुंगाले लागेर प्रहरी नायब निरीक्षक विशाल बानियाँ, प्रहरी नायब निरीक्षक राजेन्द्र कुमाल र प्रहरी हवल्दार जुनाकुमारी वन घाइते भएका छन्। 

घटनामा डीएसपीको कमान्डमा ४० जना प्रहरी र सशस्त्र प्रहरीका १५ जना डीएसपीको कमान्डमा खटिएर स्थिति नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .