ad ad

समाज


धनराशी र कल्पतमा सुरु गरे एमालेको स्वयंसेवकले पुनर्स्थापनाको काम

धनराशी र कल्पतमा सुरु गरे एमालेको स्वयंसेवकले पुनर्स्थापनाको काम

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १८:३५, काठमाडौँ

नेकपा एमालेका स्वयंसेवकहरूले जाजरकोटका भूकम्प प्रभावितमध्येको सबैभन्दा विकट बस्ती धनराशीमा पुनर्स्थापनाको काम सुरु गरेका छन्। कुशे गाउँपालिकाकाे धनराशिमा स्वयंसेवक समूहले आजदेखि जोखिममा रहेका घरहरूको सफाइ र अस्थायी टहरा निर्माणको काम सुरु गरेको हो।

त्यसैगरी नलगाड नगरपालिकाकाे कल्पतमा पनि आज देखि काम सुरु भएको एमालेले जानकारी दिएको छ। एमालेका स्वयंसेवकहरूले जाजरकाेमा हालसम्म १ सय ४९ वटा घरकाे भग्नावशेष हटाएका छन्। नलगाड, भेरी र कुशेका विभिन्न ठाउँमा ४१ वटा अस्थायी टहरा निर्माण गरिएको पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

उता रुकुम पश्चिमको चौरजहारी नगरपालिका-११, खाेलागाउँ र आठबीसकाेट नगरपालिका-१३, घेत्मामा लुम्बिनीका स्वयंसेवकहरूको समूहले काम गरिरहेकाे पार्टी केन्द्रीय विपद व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख किरण पौडेलले बताए।

गत कात्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा एमालेले ११ सय स्वयंसेवक परिचालन गरेर पुनर्स्थापना र नवनिर्माणको काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .