ad ad

समाज


बालुवाटार र शीतलनिवास क्षेत्रमा पनि निषेधाज्ञा जारी

बालुवाटार र शीतलनिवास क्षेत्रमा पनि निषेधाज्ञा जारी

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार २१:३८, काठमाडौँ

राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार (मंसिर ५) देखि एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो। 

शीतलनिवासमा चारैतिरबाट सुरक्षा सतर्कता बढाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको हो। पूर्व पवित्र वर्कशपबाट शीतलनिवाससम्म, पश्चिम सामाखुसी निस्कने नालासम्म, उत्तर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा पवित्र वर्कशपबाट बालुवाटारर्फ नेपाल राष्ट्र बैंकको चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधाज्ञा जारी भएको हो। 

सो क्षेत्रमा ५ जनाभन्दा बढी मान्छे भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न समेत निषेध गरिएको प्रशासनले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .