ad ad

समाज


बारामा मेला लगाउने विषयमा झडप, २ जना घाइते, ८ राउन्ड हवाई फायर

बारामा मेला लगाउने विषयमा झडप, २ जना घाइते, ८ राउन्ड हवाई फायर

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार १२:९, काठमाडौँ

बाराको पचरौता नगरपालिका ७ बेलौनीस्थित झण्डा मेला लगाउने विषयमा मध्यराति झडप भएको छ। घटनामा दुईजना घाइते भएका छन्।

झडपमा परी बेनौलीका ४० वर्षीया लक्ष्मी पटेल र ४२ वर्षीया चण्डीका पटेल घाइते भएका हुन्।

सोमबार राति १० बजेतिर झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्षबीच विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले बताए।

मेला लगाउने स्थानबारे विवाद हुँदा दुई समूहबीच ढुंगाहानाहान भएको हो। तनाव बढेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन राति ११ बजे दुई राउन्ड हवाई फायर गरेको थियो। 

त्यसपछि तत्काल भीड तितरबितर भए पनि फेरि राति पौने १२ बजे तनाव बढेको थियो। 

स्थानीयबीच ढुंगा हानाहान भएपछि पुनः प्रहरीले ६ राउन्ड हवाई फायर गरेको डीएसपी न्यौपानेले बताए।

८ राउन्ड हवाई फायरपछि भीड तितरबितर भएको र स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .