ad ad

ग्लोबल


जिम्बाब्वेमा हैजाको प्रकोप बढ्दै, १२ जनाको ज्यान गयो

जिम्बाब्वेमा हैजाको प्रकोप बढ्दै, १२ जनाको ज्यान गयो

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १२:२६,

जिम्बाब्वेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ। सहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ।

यस हप्ता धेरै व्यक्ति हैजाबाट संक्रमित भएको विज्ञहरूको भनाइ छ। सहजै रोकथाम गर्न सकिने रोग भए पनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयहरूको गुनासो छ।

प्रकोपको केन्द्रबिन्दु कुवाडजानाको उच्च–घनत्व उपनगर रहेको छ। सो स्थानमा बसोबास गर्नेमध्ये लगभग आधा मानिस अस्पतालमा भर्ना भएका छन्।

हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकल भेरेका अनुसार हरारे सहरले बढ्दो जनसंख्यालाई पर्याप्त मात्रामा शुद्ध पिउने पानी उपलब्ध गराउन सकेको छैन। जसले गर्दा बासिन्दाले अशुद्ध पानीको सहारा लिइरहेका छन्।

मुख्य स्रोत लेक चिवेरोबाट सहरले प्राप्त गरिरहेको पानी धेरै दूषित रहेको बताइएको छ। सहरवासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको प्रमुख माइकलले बताए।

आवश्यक पानीको लगभग एक तिहाई मात्र स्वच्छ पानी प्राप्त हुन सकेको माइकल बताउँछन्।

जिम्बाब्वेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तीमा १२ जनाको ज्यान गएको बताए। जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ।

हरारेबाट देशका सबै क्षेत्रमा मानिसको धेरै आवतजावत छ। हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाको लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ।  

सरकारले नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुपर्ने नागरिकहरूले माग गरेका छन्। स्थानीय निवासी एन्जेलिन फोर्मोजाको आफूहरूले स्वच्छ पानी किनेर खान नसक्ने बताउँदै सरकारले उपलब्ध गराउनुपर्ने माग छ।

त्यस्तै अर्का स्थानीय निवासी जर्जिना मुसियाज्विरियोको कहिलेकाहीँ दुई वा तीन हप्तासम्म पानीविना बस्ने गरेको र सो अवस्थामा शौचालय फ्लस गर्न नसक्नाले पनि रोग निस्किएको भनाइ छ।

अधिकारीहरूले सर्वसाधारणलाई अनधिकृत बजार वा सार्वजनिक जमघटमा नजान सल्लाह दिइरहेका छन्। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .