ad ad

समाज


इँटा उद्योगका कार्यरत मजदुर सुतेकै स्थानमा मृत भेटिए

इँटा उद्योगका कार्यरत मजदुर सुतेकै स्थानमा मृत भेटिए

नेपालखबर
माघ १७, २०७६ शुक्रबार ९:५९,

पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।

भारतको दरभंगा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार सदायलगायत उद्योगका चार जना मजदुरसँगै सुतेको र तीन जना बिहान सबेरै काममा निस्किएका थिए। बिहान ७ बजे काममा आउनुपर्ने काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए। सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताए।

मृतक सदायको दरभंगामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको प्रनि अधिकारीले बताए। सदायले उद्योगमा मिस्त्रीको काम गर्दै आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .