ad ad

समाज


जाजरकोटको रिम्ना गाउँपालिकामा एनआरएनएको स्वास्थ्य शिविर

जाजरकोटको रिम्ना गाउँपालिकामा एनआरएनएको स्वास्थ्य शिविर

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १३:३०, काठमाडौँ

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरेको छ।

एनआरएनएअन्तरर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिवार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्।

समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले शिविरमा भूकम्पपीडितहरूलाई हुनसक्ने सम्भावित रोगबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्य परामर्श दिइएको थियो।

सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली काठमाडौं देखि जाजरकोट पुगेको थियो। टोलीमा डा. भूपेन्द्र प्रकाश मल्ल, डा. नन्द आचार्य, डा समीक्षा मल्ल लगायतको सहभागिता रहेको संघले जनाएको छ।

स्वास्थ्य शिविरमा आएका भूकम्प पीडितमा प्रमुख रुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका स्वास्थ्य सम्बन्धी समस्याहरु देखिएका थिए। एनआरएन स्वास्थ्य शिविरका प्रमुख डा मल्लले समयमै व्यवस्थापन गर्न नसके श्वासप्रश्वास र पानीजन्य रोगको प्रकोप हुने सम्भावना रहेको जानकारी दिए।

मानसिक स्वास्थ्यविज्ञ नन्द आचार्यले भूकम्प पीडितमा मानसिक स्वास्थ्य समस्याहरु जस्तै  बरबराउने, डराउने, मुर्छा पर्ने, अत्तालिने, डिप्रेसन, निद्रा नलाग्ने, मदिराजन्य पिय पदार्थमा लत बस्न सक्ने खतरा औलाएका छन्। यसअघि स्वास्थ्य समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै स्वास्थ्य सेवा हटलाइनक संचालनमा ल्याएको थियो।

स्वास्थ्य समितिले भूकम्प पीडितलाई समयमा राहात, उद्धार तथा स्वास्थ्य उपचार गर्न नसके  चिसो बढ्दै गएका कारणले निमोनिया, रुघाखोकीको प्रकोपको थप जोखिम रहेको जनाएको छ। शिविरमा खटिएका स्वास्थ्य विज्ञहरुले सो क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला जोखिममा  रहेको जनाएको छ। भूकम्पका कारणले घर भत्काउँदा तथा अन्य कारणले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका हुन्।

भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र वालवालिकाहरुको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारको लागि सहजीकरण गर्न आवश्यक रहेको संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .