ad ad

समाज


शिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

शिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

नेपालखबर
कात्तिक २५, २०८० शनिबार १८:१२, काठमाडौँ

दाङमा वन्यजन्तु चोरी शिकारी गर्ने व्यक्तिले हानेको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको खुलेको छ। 

दाङको घोराही उपमहानगरपालिका ७ हर्नियाका ३० वर्षीय सशस्त्र प्रहरी जवान जुगारु चौधरीको मृत्यु गोली लागेर भएको पुष्टि भएको हो।

यसअघि रुखबाट लडेर उनको मृत्यु भएको स्थानीयले बताएका थिए। तर पछि उनको शरीरमा गोली लागेको खुलेसँगै अनुसन्धानका क्रममा प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए। 

पक्राउ पर्नेमा घोराही–५ बरलाबोटका ५५ वर्षीय शेरबहादुर केसी रहेका छन्। भरूवा बन्दुकसहित शनिबार बिहान पक्राउ परेका केसीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ। 

मालुको पात खाँदै गरेको जंगली जनावर ठानेर गोली हानेको तर मान्छे ढलेको देखेपछि आफू भागेको आरोपितले प्रहरी समक्ष स्वीकार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .