ad ad

समाज


मेयर बालेन्द्रको घरमा उपप्रधानमन्त्री श्रेष्ठलाई दिवाभोज

मेयर बालेन्द्रको घरमा उपप्रधानमन्त्री श्रेष्ठलाई दिवाभोज

तस्बिर सौजन्य : सबिना काफ्ले


नेपालखबर
कात्तिक २५, २०८० शनिबार १८:२१, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निवास पुगेका छन्। शनिबार दिउँसो निजी सचिवालयका सदस्यसहित मन्त्री श्रेष्ठ मेयर बालेन्द्रको नीजि निवास पुगेका थिए। 

उनीहरूबीचको भएको भेटघाटको तस्बिर सार्वजनिक गर्दै मेयर पत्नी सबिना काफ्ले गृहमन्त्रीलाई लञ्चमा बोलाउन पाउँदा खुसी लागेको सामाजिक सञ्जालमार्फत बताएकी छिन्। 

मेयर शाहको सचिवालयले भने भेटमा तिहारको शुभकामनाका आदानप्रदान भएको जनाएको छ। 

यसअघि सिंहदरबारमा ‘आगो लगाउँछु’ भन्दै मेयर शाहले अभिव्यक्ति दिएका थिए। गृह प्रशासनले पत्नी सबिना चढेको गाडी सार्वजनिक बिदाको दिनमा रोकेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .